neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो

Nov 29th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, १४ मङ्सिर

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ ।

नेपाली समय आइतबार १२:०० बजे सम्म विश्वभरीमा ६ करोड २५ लाख ७३ हजार ४२२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म चार करोड ३१ लाख ९४ हजार २५८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ७९ लाख २० हजार ८५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ५ हजार २५३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ लाख ५८ हजार ३०९ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख १० हजार ३५७ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ७२ हजार २५४ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ९३ लाख ९३ हजार ३९ जना सङ्क्रमित भएका छन् भने १ लाख ३६ हजार ७३३ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६२ लाख ९० हजार २७२ जना सङ्क्रमित भएका छन् भने एक लाख ७२ हजार ६३७ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/