neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित, रियादले गरे ह्याट्रिक

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित, रियादले गरे ह्याट्रिक

Nov 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।शनिबार राति भएको खेलमा सिटीले वर्नलीलाई ५-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक,बेन्जामिन मेन्डी र फेरन टोरेसले एक-एक गोल गरे । सिटीले तीन गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको छैँटौ मिनेटमा रियादले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा रियादले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता अग्रता दोब्बर पारे ।४१ औँ मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि बढाए।

दोस्रो हाफको ६६ औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।त्यसपछि ६९ औँ मिनेटमा रियादले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र सिटीलाई ५-० को शानदार जित दिलाए ।

जितसंगै सिटीले ९ खेलबाट १५ अंक जोडेको छ र आठौं स्थानमा उक्लिएको छ । पराजित वर्नलीको ५ अंक छ र १८ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको १० खेलबाट २१ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi