neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा : रियल मड्रिड घरेलु मैदानमा अलाभेससँग पराजित

ला लिगा : रियल मड्रिड घरेलु मैदानमा अलाभेससँग पराजित

Nov 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ मङ्सिर

साबिक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा हार बेहोरेको छ ।

शनिबार राति रियलको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई आलाभेसले २-१ गोलको पराजित गरेको हो।

घरेलु मैदानमा रियललाई पराजित गर्ने क्रममा अलाभेसको लागि लुकास पेरेज र जोसेलुले एक-एक गोल गरे भने रियल मड्रिडको लागि कासेमिरोले एक गोल गरेका थिए।

खेलको ५ औं मिनेटमा लुकास पेरेजले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसका जोसेलुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८६ औं मिनेटमा कासेमिरोले गोल गर्दै २-१ को स्थितिमा ल्याए । त्यसपछि बाँकि समयमा कुनै गोल हुन सकेन र अलाभेसले जित निकालेको हो ।

जितसंगै अलाभेसले ११ खेलबाट १३ अंक जोडेको छ र ९ औं स्थानमा छ। रियलको १० खेलबाट १७ अंक छ र चौथो स्थानमा छ ।रियल लिगको शीर्ष ३ मा उक्लन असफल भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi