neapl investment mega bank
  • गृहपृष्ठ
  • रोयल इन्फाईडद्धारा आफ्नो सबै भन्दा लोकप्रिय ब्राण्ड सार्वजनिक

रोयल इन्फाईडद्धारा आफ्नो सबै भन्दा लोकप्रिय ब्राण्ड सार्वजनिक

Nov 28th, 2020

काठमाडौ, मंंसिर १३

रोयल इन्फाईडले ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल, क्लासिक ३५० सिसी को सिग्नल्स भेरियन्ट अन्तर्गतदुई नयाँ आकर्षक रङ्गहरु, एयर ब्रोन ब्लुु र स्ट्रोम राईडर स्याण्ड सर्वजनिक गरेको छ । रेट्रोलूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुुअल च्यानल एबिएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फाईड ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।

नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा लीले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५० सिसी सिग्लन्स बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ । बिएस आईभी संस्करण अन्तर्गत रेट्रोलूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि डुअल च्यालन एबिएस पनि राखिएको छ र यस्को मुल्यरु ५,९९,९९९/- मात्र राखिएको छ ।यो मोटरसाइकल एयरब्रोन ब्लुु र स्ट्रोम राईडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिनेछ ।

इस्वी सम्वत २००८ देखी बिक्री बितरणमा आएको रोयल इन्फाईड क्लासिक ३५० सिसी मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिस मोटरसाईकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए ।