neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकाका मेयर थापालाई कोरोना सङ्क्रमण पुष्टि

सूर्यविनायक नगरपालिकाका मेयर थापालाई कोरोना सङ्क्रमण पुष्टि

Nov 28th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, मंसिर १३


सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।

मेयर थापाले फेसबुकमा लेखेका छन्, ”अस्ति बिहीबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु” ।

मेयर थापा अहिले होम आइसोलेसनमा बसेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi