neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोभिड महामारीमा पनि ४० जनाले गरे रक्तदान

कोभिड महामारीमा पनि ४० जनाले गरे रक्तदान

Nov 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १३

भक्तपुर सूर्यविनायक न .पा -२ नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र बृहस्पती युवा क्लबले रक्तदानको आयोजना गरेको छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य माननीय शशीजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थापाले कोभिड -१९ महामारीले देश पुरै संक्रमित भएको बेला यस्ता रक्तदान, प्लाज्मा दान, हरियाली अभियानलाई पनि प्रोत्साहन हुने कामको थालनी गर्नुपर्ने बताउदै यस्ता कार्यक्रम गरेकोमा दूबै संस्थालाई धन्यवाद दिदै अझ सामाजिक काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका बालकोट उपशाखा अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले आफुले रक्तदान, प्लाजमा दान गरेको र कोभिड १९ लागि निको भएकाहरुलाई प्लाज्मा दान गराउन प्रेरित गर्ने बताए । उक्त कार्यक्रमा महिला ६ र पुरुष ३४ जना गरि जम्मा ४० जनाले रक्तदान गरेको क्लबका सचिब सन्तोष रानाभाटले आधारभूमिलाई जानकारी गराए । कार्यक्रमा सरसफाई अभियान्ता तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा लेखा समिति संयोजक जयराज पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजक बृहस्पती युवा क्लबका उपाध्यक्ष रोशन  श्रेष्ठले अतिथीहरुलाई स्वागत मन्तव्य गरेका थिए ा

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi