neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद

छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद

Nov 27th, 2020

काठमाडौं, मंसिर १२

बाग्लुङ, ताराखोला गाउँपालिका ५ सिपस्थित जंगलमा लुकाई छिपाई राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका २ हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुक समेत गरी १७ थान भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

नुवाकोट, मेघाङ गाउँपालिका १ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi