neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

Nov 27th, 2020

गाईघाट, १२ मङ्सिर /रासस

ताप्ली गाउँपालिका ५ रुपाटारबाट उक्त गाउँपालिकाको कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका १ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र सोही गाउँपालिका ५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटा रहेका छन् ।
गत आइतबार उक्त कार्यालयमा बिष्फोट गराएको र प्रवेशद्धारमा १ थान विष्फोटक पदार्थ समेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi