neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल एकीकरणको इतिहास सम्बन्धी पुस्तक प्रकाशनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल एकीकरणको इतिहास सम्बन्धी पुस्तक प्रकाशनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nov 27th, 2020

काठमाडौ, मंसिर ११

सेना दिवस २०७७ मा विमोचन गर्ने योजना रहेको “नेपाल एकीकरणको इतिहास बि.सं.१८०१-१८७२“ सम्बन्धी पुस्तक लेखन कार्यमा संलग्न रहेका इतिहासविदहरु, गैरसैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषयविज्ञ सैनिक अधिकारीहरु संलग्न भई बिहिबार जंगी अड्डामा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न रहेका प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डाक्टर विनोद थापाबाट पुस्तकको सम्बन्धमा प्रकाश पारेका थिए । अन्तरक्रियाको दौरानमा प्राध्यापक डाक्टर भावेश्वर पंगेनी, प्राध्यापक डाक्टर टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आआफ्ना राय तथा सुझाव दिएका थिए । नेपाली सेनाको रथीबृन्द तथा अधिकृतहरु सम्मिलित उक्त अन्तरक्रिया कार्यक्रम उपरथी सुवर्ण बहादुर शाहको स्वागत मन्तव्यबाट शुरु भई उपरथी सहदेव खड्काबाट सबै सहभागीहरुलाई धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।

अन्तरक्रिया कार्यक्रमले नेपालको एकिकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव सहित प्रकाशित गरीने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास नेपाली सेनाले लिएको व्यहोरा जानकारी गराइन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi