neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Nov 26th, 2020

नवलपरासी (पूर्व), मंसिर ११

मध्यबिन्दु नगरपालिका ८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो समेत १७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi