neapl investment mega bank
  • गृहपृष्ठ
  • पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

Nov 26th, 2020

काठमाडौ, मंसिर ११

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आज बिहिबार सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेकाछन । पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।