neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घरेलु मैदानमा लिभरपुल एटलान्टासँग पराजित

घरेलु मैदानमा लिभरपुल एटलान्टासँग पराजित

Nov 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ मङ्सिर

यूइएफ च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एटलान्टाले लिभरपुललाई उसकै मैदान
एनफिल्डमा पराजित गरेको छ । बुधबार राति भएको समूह (डी) को खेलमा एटलान्टाले लिभरपुललाई २-० गोलले पराजित गरेको हो ।

एटलान्टालाई जित दिलाउन जोसिप लिलिक र रोबिन गोसेन्सले एक-एक गोल गरेका थिए ।एटलान्टाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ६० औं मिनेटमा जोसिप लिलिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेटपछि रोबिन गोसेन्सले गोल गर्दै एटलान्टालाई २-० को जित दिलाए ।

जितसंगै समूह (डी) मा रहेको एटलान्टाले ४ खेलबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा छ।एटलान्टाको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । पराजित लिभरपुलको ४ खेलबाट ९ अंक छ र शीर्ष स्थानमा छ । लिभरपुलले नकआउट चरणमा पुग्ने मौका गुमाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi