neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियलको सहज जित,नकआउट चरणमा पुग्ने सम्भावना कायम

रियलको सहज जित,नकआउट चरणमा पुग्ने सम्भावना कायम

Nov 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ मङ्सिर

यूइएफ च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।बुधबार राति भएको समूह (बी) को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन ईडेन हाजाडले‌ एक गोल गरेका थिए ।रियलले एक गोल उपहार पाएको थियो ।

खेलको सातौं मिनेटमा ईडेन हाजाडले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा इन्टर मिलान १० खेलाडीमा समेटिएको थियो ।मिलानका अर्टुरो भिडालले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।

दोस्रो हाफको ५९ औं मिनेटमा इन्टरका अच्राफ हाकिमिले आत्मघाती गोल गरेपछि रियल २-० ले अघि बढेको थियोे। त्यसपछि कुनै गोल हुन सकेन र रियलले जित निकालेको हो ।

जितसंगै समूह (बी) मा रहेको रियलले ४ खेलबाट ७ अंक जोडेको छ र दोस्रो स्थानमा छ। रियलको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।पराजित मिलानको ४ खेलबाट २ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi