neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

Nov 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० मङ्सिर

बार्सिलोना यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह (जी) को खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल, सर्जिनो डेस्ट र एन्टोनि ग्रिजम्यानले एक एक गोल गरे । बार्सिलोनाले सबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ५२ औं मिनेटमा सर्जिनो डेस्टले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ५ मिनेटपछि मार्टिन ब्रेथवेटले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ७० औं मिनेटमा मार्टिनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

जितसंगै समूह (जि)मा रहेको बार्सिलोनाले ४ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको युभेन्ट्सको ४ खेलबाट ९ अंक छ ।पराजित किभको १ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi