neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट एफपीयू प्रि–डिप्लोयमेन्ट तालिम उद्घाटन

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट एफपीयू प्रि–डिप्लोयमेन्ट तालिम उद्घाटन

Nov 24th, 2020

काठमाडौं, मंसिर ९

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा संचालित एफपीयू प्रि–डिप्लोयमेन्ट तालिमको उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनले दिएको यो अवसरलाई मनन् गर्दै विदेशी भूमीमा शान्ति स्थापनार्थ विभिन्न मुलुकका सुरक्षाकर्मी संग सहकार्य गर्दै शान्ति स्थापनाको कार्यमा उत्कृष्ट योगदान पु¥याउन तल्लीन रहनुपर्ने बताउनुभयो ।

उहाँले संगठनले जिम्मेवारीका क्षेत्रहरुमा रचनात्मक ढंगले दायित्व पुरा गरीरहेको चर्चा गर्नुहुँदै शािन्तस्थापनार्थ खटिने एपीएफ टोलीले त्यस ठाउँको रिती रिवाज तथा रहनसहनलाई समेत सम्मान गर्दै व्यावशायीक ढंगले दायित्व पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

तालिममा समावेश भएका एपीएफ अधिकृत तथा जवानहरुले प्रशिक्षणको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न कोशिस गर्नुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले तालिमबाट आर्जन हुने ज्ञान तथा कला कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन सधै सकृय रहनुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शान्ति स्थानार्थ खटिएको अघिल्ला टोलीहरुले मिसन इलाकामा प्राप्त जिम्मेवारीलाई व्यावसायिक कुशलतापूर्वक निर्वाह गरेर देश र संगठनको नामलाई उचाईमा पु¥याएको स्मरण गर्नुहुँदै यस टोलीले समेत सोही अनुरुपको क्षमता विस्तार गर्न तालिमलाई अवसरको रुपमा लिएर लगनशिल भई मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त समारोहमा सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र राईले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सो तालिममा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु)को रुपमा परिचालनको लागि छनोट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालसहित एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरु गरी कुल १ सय ९८ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगाएत एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi