कालीकोट, मंसिर ९
कालीकोट जिल्ला पलाँता गाउँपालिकाको स्थानिय सरकारले हरेक योजनाहरुमा गरिरहेको चरम भष्ट्राचार, अनियमितता र स्थानीय सरकारको गैरजिम्मेवारी बारे राष्ट्रिय प्रजातन्त्र पार्टी पलाँताले कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यलाई ज्ञापन पत्र पेश गरेका छन् ।
ज्ञापनपत्रमा पलाँता सरकारले गरेका केही अनियमितताका कृयाकलाप र पलाँताका हरेक नागरिकले पलाँता सरकारका गतिविधि बाट भोगीरहेका समस्याहरु १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् भने उनिहरुले १५ दिन भित्र सम्पुर्ण समस्याको समाधान, पलाँता बासीलाई न्याय,अधिकारको अनुभुति दिलाउने गरी सम्बन्धित निकायबाट स्थलगत अनुगमन गर्न समेत सुझाव दिएका छन ।
ज्ञापनपत्रमा जनतालाई न्याय दिलाउने र भष्ट्राचारीलाई कारबाहीको कानुनको दायरामा ल्याउनु पर्ने माग गर्दै समयमा समाधान नभए जनसंघर्षका चरण बद्ध कार्यक्रमहरु गर्ने राप्रपा पलाताले जनाएको छ । ज्ञापनपत्र बुझाउन राप्रपा, कर्णाली प्रदेश साँसद सोशीला शाही, जिल्ला अध्यक्ष धन बहादुर बटाला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बरिष्ठ उपाध्यक्ष निराजन बम, जिल्ला सचिव मदन रोकाय लगायतको उपस्थिति रहेको थियो । राप्रपा पलाताले निम्न बुँदासहितको मागहरु गरेका छन् ः
१. वडा नं.१ खाडाका अग्नी पिडीत परिवारको सहयोगका लागी विभिन्न संघस्था तथा देश विदेशमा रहेका सहयोगीले पठाएको रकम गाउँपालीका अध्यक्ष,नि।प्रशासकिय प्रमुख र लेखापालको नाममा संयुक्त खाता खोली राहत हिनामिना भएको भनी अग्नी पिडीत परिवारहरुले हस्ताक्षर सहितको लिखित निवेदन दिदै आफ्नो नाममा प्राप्त भएको राहत माथी भएको दुरुपयोगको उचित छानविन गरी माग भएकोले र तिन नमुना घर निर्माणका लागी इन्द्रिेणी कार्यक्रमका संचालक कृष्ण कडेल मार्फत आठ लाखका दरले रु। २४ लाख नगद रकम गापा अध्यक्षको हातमा पारीएको हुँदा हुदै उक्त नमुना घर हाल सम्म पनि निर्माण नभएको हुँदा सो रकम रकम समेत हिनामिना हुन गएकोले अग्नी पिडित परिवार संग यस विषयमा बुझि पिडीत पक्षको न्यायका लागी माग गरिन्छ ।
२. पलाँता गाउँपालिकामा पर्ने मुलखोला कोल्थे र हुप्पे हुदै बग्ने दाम्रिगाड खोलामा विभिन्न सिंचाईका माध्यामबाट प्रापुर्वकाल देखी सिंचाई तथा खानेपानिको मुहान छिमेकी गाउँपालिका पचालझरना लाई जनताको रोहवर विना एकलौटी निर्णय गरी उक्त मुहान बेचि पलाँताका जनतालाई सिंचाई तथा खानेपानी मा ठुलो असर पर्न गएको हुँदा उक्त निर्णय सच्चाई पलाँता बासी माथी पर्न गएको असरलाई गम्भिर रुपमा लिई सम्बन्धित निकाय बाट समस्याको समाधानका लागी जोडदार माग गरिन्छ ।
३. पलाँता गाउँपालीका को सरकारले सड्क निर्माण गर्ने क्र्रममा जग्गा धनी संग कुनै परामर्ष नगरी सडक निर्माण गर्दा हाल अएर विभिन्न ठाउँमा पिडीत पक्षबाट पर्खाल लगाई लामो समय देखी सिङगो पलाँता बासी लाई हिडडुल र खाद्यान ढुवानी तथा यातायातमा पर्न गएको महङगी र असर प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त पिडीत परिवारका मागलाई यथासिघ्र सम्बोधन गरी सडक खण्ड खुलाउन माग गरिन्छ ।
४. पलाँता गाउँपालिकामा हाल सम्म नि।कार्याकारी प्रमुख बाट कार्य संचालन भईरहेता पनि पलाँता बासीलाई कार्यकारी प्रमुख आवश्यकता भई रहदा पनि हाल सम्म प्राप्त गरिरहेका छैनन् यसको यथासिघ्र व्यावस्थापन गर्न माग गरिन्छ । साथै गा।पा।अध्यक्ष,नि।प्रशासकिय प्रमुख,प्राविधिक प्रमुख समेत वडा नं।९ निवासी भएकाले पलाँतामा भए गरेका भष्ट्राचार का गति विधिमा थप टेवा पुग्न एक प्रमुख कारण समेत भएको हुँदा यसलाई गम्भिर रुपमा लगी यसलाई हेरफेर गर्न माग गरिन्छ ।
५. पलाँता गाउँपालिकामा सिर्जना गरिएका दरबन्दी बाट राहत तथा निजिस्रोतका शिक्षक, करार र ज्यालादारी नियूक्ति गरिएको कर्मचारीको तलव सामाजिक सुरक्षा भत्ता,बालपोषण,एकल महिला,अपाङग भत्ता तथा विकासका योजनाहरुमा काम गर्ने श्रमिकहरुको पारिश्रमिक समेत लामो समय देखि प्राप्त नगरेकोले यस प्रति गम्भिर भई निश्चित समय भित्र यस्ता नगरिकका अधिकारलाई यथासिघ्र व्यवस्थापन गर्न माग गरिन्छ ।
६. पलाँता गाउँपालिकामा विभिन्न विकासका योजनाका उपभोक्ता समितिले राखिएको धरौटी रकम योजना सम्मपन्न गरी गा।पा।लाई हस्तान्त्रण गरेपनि करिव ९० लाख धरौटी रकम हाल सम्म उ.स.लाई फिर्ता नगरेको हुँदा कानुन सम्बत फिर्ता गर्ने रकम भएकोले यथासिघ्र फिर्ता गरियोस ।
७. पलाँता सरकारले गत आ।व।२०७६/०७७ मा निशुल्क शिक्षा र कर मुक्त गाउँपालिका घोषण गरेतापनि हाल पलाँतामा अध्ययनरत विद्याथीलाई शुल्क लगी मात्र परिक्षामा सामेल हुन पाउने गरिएको निर्णयले आम पलाँताका विद्यार्थी र पलाँता बासी कुनै पनि वडा कार्यालयमा सेवा सुविधाका लागी सिफारिस समेत लिदा चरम कर असुली गरि आफ्नो निर्णयको आफै उल्लघन गरि सरकारको गैर जिम्मेवारी पुर्ण कार्यको छानविन गर्न जोडदार माग गरिन्छ ।
८.पलाँता गाउँपालिकाले विरामी लाई अस्पताल सम्म लौजानका लागी आर्थिक वर्ष २०७६/०७७ मा विनियोजिन रकम १० लाख ८८ हजार ५ सय एम्बुलेन्स खरिदका लागी विनियोजिन गरिएको थियो । हाल सम्म पलाँती बासीले एम्बुलेन्स प्राप्त गरेका छैनन् । सरकारका यस्ता कार्य बाट पलाँती जनतालाई पर्न गएको समस्या प्रति रा।प्र।पा।पलाँता खेद व्याक्त गर्दछ । यथासिघ्र एम्बुलेन्सको व्यावस्थापनका लागी विनियोजिन रकमबाट एम्बुलेन्स खरिद गरी गा।पा।मा संचालनमा ल्याउनका लागी माग गरिन्छ ।
९. गा.पा.मा अवश्यक विकासी तथा अफिसियल सामाग्रि १ लाख देखि एक करोड सम्मका सामाग्रि खगरिद गर्दा सार्वजनिक खरिद ऐ।न।का।विधि प्रकृया पुरानगरी वा वाहिर नल्याई आन्तरिक कामिसनको मिलीमोतोमा खरिद गरि बजेटको चरम दुरुपयोग भएकोले यसको छानविन गरियोस ।
१०. पलाँता गाउँपालिकामा खरिद गरिएका ध्भअियmभ एबबिलतब नामक ४ थान यातायात मध्य हाल सम्म वडा नं.९ मा संचालीत १ थान,वडा नं.२ मा १ थान मात्र संचालनमा आएका छन । पलाँतामा संचालित यातायातका साधनले निजी तथा निर्माणका सामाग्रि ढुवानी गरी यातायातको दुरुपयोग भएको र बाँकी २ थान गाडी विगत लामो समय देखी गा।पा। भन्दा बाहिर सुर्खेत कालीकोट जुम्ला र काठमाण्डौँ सडकमा नेता तथा कार्यकर्ता ओसार पोसार परियोजनका लागी प्रयोग हुँदै आएकाले पलाँती जनताको कर बाट खरिद गरिएका यातायातले पलाँता बासी जनताको सेवा सुविधामा सहयोग पु¥याउने पर्नेमा यस्ता कार्य बाट पलाँताबासी मा पर्न गएको असुविधा प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।
११.पुर्व पि.एल.ए.पोल्टी फर्मका नाममा गाउँपालिकाको सरकारी बजेट रु।९ लाख छुट्याई एक जना व्यक्ति लक्षित गरी बजेटको दुरुपयोग गरिएको ले यसको छानविन गरि सरकारलाई फिर्ता गरियोस ।
१२. कोरोना भाइरस नियन्त्रणका लागी गाउँपालिका,प्रदेश बाट उपलब्ध झण्डै एक करोड बजेट बाट लकडाउनको समयमा देश विदेशका विभिन्न ठाउँमा अल्पत्र परेका पलाँती जनताको उद्दार कार्यमा कु्नै प्रभावकारी व्यावस्थापन नगरी न्यून आयस्रोत भएका विपन्न परिवारलाई खाद्यान राहत समेत वितरण गनरी बजेटको दुरुपयोग भएको जन गुनासो आएकोले यथासिघ्र छानमिन गरियोस ।
१३. नेपाल टेलिकमको टावर विगत ३ बर्ष देखि निर्माणकार्य अवरुद भै हाल सम्म सिङगो पलाँता गा.पा.का जनताले नेपालटेलिकमको सेवा सुविधा बाट वन्चित भएको हुँदा यसमा हाम्रो ध्यानकर्षण भएको छ । उक्त निर्माण प्रकृया सम्पन्न गरी पलाँती जनतालाई प्रविधि संग जोडनका लागी यथासिघ्र सेवा सुचारु गरियोस ।