neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा

Nov 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक-एक गोल गरे ।लिभरपुलले एक गोल उपहार पाएको थियो ।

खेलको २१ औं मिनेटमा लेष्टर सिटीका जोनी इभान्सको आत्मघाती गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।४१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ८६ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको टोटनह्यामको पनि ९ खेलबाट २० अंक छ ।पराजित लेष्टर सिटीको ९ खेलबाट १८ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi