neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

उद्यमशीलता सम्बन्धी टक सिरिज सम्पन्न

Nov 22nd, 2020

काठमाडौ, मंसिर ७

हल्ट प्राइज एट आईओई २०२०, २१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना भएको छ । सोही दिन हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न भएको छ ।

यो उद्यमी टक सिरिजको यो सातौं श्रृंखला थियो । ‘सस्टेनिग् योर् बिज्नेस’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ ड्रोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, मिडिया पर्सनालिटी तथा पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित रहेका थिए ।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो यस कार्यक्रमको मुख्य वक्ता रहेका थिए । उनले आफ्नोे व्यवसाय कसरी दिगो बनाउने, बजारमा आफ्नो वस्तु तथा सेवाको उत्पादनको महत्व बढाउने र त्यसलाई स्थायीत्व कसरी गर्नेको बारेमा सिकाए ।

पछि उक्त टक सिरिजमा माल्भिका सुब्बा, पाण्डेको र रोजिका पोखरेल प्यानल डिस्कसन भयो । आज विश्व टेलिभिजन दिन भएको कारण उहककाहरूसंग धेरै टेलिभिजन र संचार माध्यमको कुरा भयो । उहककाहरूले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गर्नुका साथै आफ्नो सफलता र असफलता,आफ्नो कडा मेहेनत र महिला, अन्तरलैगककीकहरूको अधिकारको बारेमा बोल्नुभयो। उहककाहरूले सबैलाई आन्टरप्रिनियरको यात्रामा कसरी अगाडी बढ्ने बारेमा बताए र उक्त क्षेत्रमा जान सबैलाई हौसला पनि प्रदान गरे ।

यस्तैगरी हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, इ. आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच तथा बिजनेस स्ट्राटेजी क्रिएटर रहनुभयो। उहककाहरूले प्रतिस्पर्धीहरुको आइडियालाई प्रस्तुतिकरण सुनेर शीर्ष २० टिमलाई छाने । साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ । अब हल्ट हल्ट प्राइज एट आईओई २०२०, २१ को ग्राण्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछन, जुन ५ डिसेम्बरमा हुन लागिरहेको छ । त्यहाँको शीर्ष ३ टिमहरूसम्म विदेशमा “रिजनल प्रतिस्पर्धा”को लागि जान पाउनेछन ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरु मध्ये बिजय टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर, शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ, शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ । यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रति महिना पाँच डलर पर्ने टास्केड को वर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन् । कार्यक्रम शनिबार १२ देखि साँझ ८ बजेसम्म अनलाइन चल्यो । कार्यक्रममा धेरै सहभागीता रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi