neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • टोटनह्याम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

टोटनह्याम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

Nov 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्दै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामलाई जित दिलाउन सन ह्युन मिन र जियोवानी लो सेल्सोले एक-एक गोल गरे ।टोटनह्यामले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको पाँचौ मिनेटमा सन ह्युन मिनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा जियोवानी लो सेल्सोले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै टोटनह्यामले ९ खेलबाट २० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित सिटीको १२ अंक छ र ११ औं स्थानमा छ ।दोस्रो स्थानको चेल्सीको ९ खेलबाट १८ अंक छ।

लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुमलाई १-० गोलले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले विजयी गोल गरेका थिए । फर्नान्डेजले खेलको ५६ औं मिनेटमा पेनाल्टीमा सो गोल गरेका हुन् ।

जितसँगै युनाइटेडले ८ खेलबाट १३ अंक जोडेको छ र ९ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi