आधारभूमि संवाददाता
काठमाडौँ, ६ मङ्सिर
शनिबार काठमाडौंमा उपत्यकामा थप ८९९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ८९९ जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ३८७ जना महिला तथा ५१२ जना पुरुष रहेका छन् ।यसअघि शुक्रबार उपत्यकामा १ हजार १०७ सङ्क्रमित थपिएका थिए।
नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ। शनिबार मात्रै ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।