neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १ हजार १०७ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार १०७ जना कोरोना संक्रमित

Nov 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ मङ्सिर

शुक्रबार काठमाडौंमा उपत्यकामा थप १ हजार १०७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार १०७ जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ४८४ जना महिला तथा ६२३ जना पुरुष रहेका छन् ।यसअघि बिहीबार उपत्यकामा १ हजार २२९ सङ्क्रमित थपिएका थिए।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ। शुक्रबार मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi