neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वर्कसपमा तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

वर्कसपमा तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

Nov 20th, 2020

ललितपुर, मंसिर ५

ललितपुर महानगरपालिका १४ थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राज कुमार महत लगायत नौ जनालाई नगद एक लाख १३ हजार तीन सय ५५ रुपैयाँ र चार बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi