neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घुस लिएको अभियोगमा नायब सुब्बा विरुद्ध मुद्दा

घुस लिएको अभियोगमा नायब सुब्बा विरुद्ध मुद्दा

Nov 19th, 2020

काठमाडौँ, ४ मङ्सिर/रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिर्इ आएका सेवाग्राहीसँग घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi