neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पाँच महिनापछि अन्त्येष्टि

Nov 19th, 2020

झापा, ४ मङ्सिर /रासस

मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स ९युएई० मा बुधबार अन्त्येष्टि गरिएको छ ।

युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।

नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न जानुभएको थियो । उहाँले २०१९ को नोभेम्बर १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिनुभएको थियो । यसैगरी उहाँले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद २०२२ अक्टोबर ५ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताउनुभयो ।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीसँग मिलेर कोठा भाडामा बस्नुभएको थियो । उहाँलाई अपराह्न २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीसँगसँगै बसे पनि साथीलाई उहाँले आफ्नो घर ठेगानाबारे खुलाउनुभएको थिएन । उहाँको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi