neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

Nov 18th, 2020

काठमाडौं, मंसिर ३

डाँका मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ नागसोतीबाट पक्राउ गरेको हो ।

ढकाल समेतका व्यक्तिहरुले २०६१ असोज ७ गते काठमाडौंको जडिवुटीमा बनेपाबाट बा.१६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर साथमा रहेको नगद १० लाख २५ हजार रुपैयाँ, मोटरसाईकल र मोबाइल समेत गरी जम्मा ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो ।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi