neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोट : ब्राजिलको लगातार चौथो जित

विश्वकप छनोट : ब्राजिलको लगातार चौथो जित

Nov 18th, 2020

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर ३

फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार चौथो जित निकालेको छ । बुधबार बिहान सम्पन्न भएको खेलमा ब्राजिलले उरुग्वेलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन आर्थर मेलो र रिचार्लिसनले एक-एक गोल गरे ।ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको हो ।

खेलको ३४ औं मिनेटमा आर्थर मेलोले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। ४५ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता अग्रता दोब्बर पारे ।

खेलको ७१ औं मिनेटमा एडिन्सन काभानीले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिको थियो ।त्यसपछि कुनै गोल हुन सकेन र ब्राजिलले लगातार चौथो जित निकालेको हो।

जितसंगै ब्राजिलले ४ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित उरुग्वेको ६ अंक छ र पाँचौं स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi