neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना कहरका बिचमा ८ वटा बैंकले बढाए नाफा, १९ बैंकको नाफामा गिरावट ( कुन कुन बैंकको नाफा घट्यो हेर्नुहोस् सूचिसहित )

कोरोना कहरका बिचमा ८ वटा बैंकले बढाए नाफा, १९ बैंकको नाफामा गिरावट ( कुन कुन बैंकको नाफा घट्यो हेर्नुहोस् सूचिसहित )

Nov 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर ३

कोरोना कहरका बिचमा पनि आठवटा बैंकले भने आफ्नो नाफा बृद्धि गरेका छन् । १९ वटा बैंकले नाफामा बृद्धि गरेको देखिएको भएपनि सेयरधनिलाई दिने लाभांस तथा बोनसका लागि बाड्ने रकम अर्थात बितरणयोग्य मुनाफा भने ७ वटा बैंकले मात्रै बढाएका छन् ।

१९ वटा बैंकको नाफामा भने गिरावट आएको छ । कोरोना महामारीका कारण आर्थिक क्षेत्र अहिले सुस्त छ। जसको सिधा असर बैंकको लगानीमा परेको छ । लगानी बिस्तार गर्न नसक्दा बैंकको ब्यय अर्थात ब्याज खर्च मात्रै बढेको छ ।

साथैं बैंकहरुको स्प्रेडदर पनि गत वर्षको तुलनामा कम भएको छ । निक्षेप र कर्जाको ब्याज बिचको अन्तर खुम्चीएपछि बैंकको नाफामा केहि असर गरेको छ । यो वर्ष देखि नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जा बिचको ब्याजअन्तर ४ दशमलव ४ कायम हुनुपर्ने व्यवस्था गरेको छ । जुन गत वर्ष ४ दशमलव ५ रहने व्यवस्था थियो । अझ यस्तो अन्तरमा सरकारी ऋणपत्रमा गरेको लगानी समेत गत वर्ष सम्म गणना गर्न पाइन्थ्या, जुन अहिले पाइदैन ।

कर्जा र निक्षेप बिचको अन्तर पनि साघुरिएकाले बैंकहरुको नाफामा कमि आएको हो । पुस मसान्तसम्म ऋण नतिरेमा खराब ऋणीको रुपमा राख्न नपाइने भएपनि त्यस्तो ऋणका लागि नाफाबाट ५ प्रतिशत रकम प्रोभजनिङ गरेर राख्नुपर्ने व्यवस्था छ, जसका कारण पनि बैंकहरुको नाफामा असर पुगेको हो । मूख्यत कर्जा बिस्तार हुन नसकेका कारण नै बैंकहरुको नाफामा असर परेको हो ।

१९ नाफा घटेका बैंक

बैंकगत वर्षको असोजसम्मको नाफायो वर्षको असोजसम्मको नाफा
ग्लोबल आइएमई१ अर्ब १२ करोड१ अर्ब ५ करोड
नबिल
१ अर्ब १२ करोड १ अर्ब ३ करोड
राष्ट्रिय बाणिज्य बैंक१ अर्ब १२ करोड८२ करोड ९२ लाख
इन्भेष्टमेन्ट८४ करोड ४४ लाख६२ करोड ३८ लाख
नेपाल५८ करोड १८ लाख५५ करोड ४ लाख
हिमालयन९९ करोड १७ लाख
५१ करोड ९९ लाख
सिद्धार्थ
५२ करोड १४ लाख
५० करोड ६ लाख
कृषि बिकास
५९ करोड ९० लाख
४६ करोड १४ लाख
स्टाण्डर्ड चार्टड
६४ करोड ४१ लाख
४० करोड १३ लाख
सनराइज
४५ करोड ४३ लाख
३८ करोड २९ लाख
सानीमा
५९ करोड ३६ लाख
३७ करोड ३२ लाख
माछापुच्छ«े
३७ करोड ६० लाख ३६ करोड ९ लाख
एभरेष्ट
६९ करोड ८ लाख
३३ करोड ४७ लाख
एनसीसी
३४ करोड ३ लाख ३३ करोड ४५ लाख
लक्ष्मी
४० करोड १९ लाख
३१ करोड २३ लाख
बैंक अफ काठमाडौं
३८ करोड ३७ लाख
२४ करोड १४ लाख
सेन्चुरी
३७ करोड ८ लाख
२२ करोड २ लाख
एसबिआई
४३ करोड ७२ लाख
२० करोड ५ लाख
सिभिल
१५ करोड ८९ लाख
९ करोड ६६ लाख

कोरोना महामारीका कारण लगानीकर्ताले लगानी बिस्तार नगरि बैंकमा लगेर पैसा थुपारेका छन् । जसका कारण तत्काल लगानीमा लगाउन सकिने अहिले झन्डै १ खर्ब ८० अर्ब बराबरको रकम बैंकमा थुप्रिएर बसेको छ ।

बैंकहरुको नाफा घटेसँगै यसका सेयर लगानीकर्तालाई बितरण गर्ने नाफामा पनि कमि आएको छ । २० वटा बैंकको यस्तो बितरणयोग्य मुनाफामा कमि आएको छ । अबका आगामी दिनमा आर्थिक गतिबिधिमा सुधार आउन नसके आगामी वर्ष बैंकका सेयरलगानीकर्ताले पाउने लाभांसमा कमि आउने देखिन्छ ।

बैंकमा यसरी पैसा थुप्रिएपछि ब्याज आम्दानी बढ्न सकेको छैन तर ब्याज बापत हुने खर्च भने बैंकहरुको बढिनै रहेको छ । तर यस्तो महामारीका बिचमा पनि ८ वटा बैंकले भने नाफा बढाएको देखिन्छ ।

८ नाफा बढाएका बैंक

बैंक गत वर्षको असोजसम्मको नाफायो वर्षको असोजसम्मको नाफा
एनआइसी एसिया१ अर्ब ९६ लाख१ अर्ब २ करोड
प्राइम
६५ करोड
१ अर्ब १ करोड
प्रभु
६२ करोड ८४ लाख
८५ करोड
एनएमबी
२७ करोड २८ लाख
७३ करोड २९ लाख
मेगा
४३ करोड ७४ लाख
६० करोड ७९ लाख
कुमारी
४० करोड १९ लाख
६० करोड २५ लाख
नेपाल बंगलादेश
४० करोड २५ लाख
५७ करोड ११ लाख
सिटिजन्स
३४ करोड ९१ लाख
५१ करोड ५५ लाख

चैत मसान्त सम्म असल बर्गमा रहेको कर्जालाई पुस मसान्तसम्म खराब कर्जामा बर्गिकरण गर्न नपाइने राष्ट्र बैंकको व्यवस्था छ । तरपनि अहिले २७ बैंक मध्ये अहिले १७ वटा बैंकको खराब कर्जा बढेकोे छ ।

चैत मसान्तमा संकास्पद र कमसल कर्जाको बर्गिकरणमा परेका कर्जा अहिले खराब कर्जामा परिणत हुँदा खराब कर्जा बढेको देखिएको छ । पुस मसान्तपछि त खराब कर्जा अझै बढेर जाने निश्चीत नै छ ।