neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो ,रामोस पेनाल्टीमा चुके

स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो ,रामोस पेनाल्टीमा चुके

Nov 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० कात्तिक

यूईएफए नेसन्स लिग फुटबलमा स्विट्जरल्यान्डसँग स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा स्पेनलाई स्विट्जरल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा स्पेनको लागि जेरार्ड मोरेनोले एक गोल गरे भने स्विट्जरल्यान्डको लागि रेमो फ्रिलरले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता स्विट्जरल्यान्डले लिएको थियो । खेलको २६ औं मिनेटमा रेमो फ्रिलरले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५७ औं मिनेटमा स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले ह्यान्डबल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। तर रामोस गोल गर्न चुके ।

खेलको ७९ मिनेटमा स्विट्जरल्यान्डका निको एल्वेदीले रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।

स्पेनले ८० औं मिनेटमा पुन: पेनाल्टी पाएको थियो ।त्यसमा पनि रामोस गोल गर्न चुके ।

खेलको ८९ औं मिनेटमा स्पेनका जेरार्ड मोरेनोले गोल गर्दै खेल बराबरीमा फर्काए र स्पेनलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग (ए) समूह ४ मा रहेको स्पेनले ५ खेलबाट ८ अंक जोडेको छ र दोस्रो स्थानमा छ। स्विट्जरल्यान्डको ५ खेलबाट ३ अंक छ र पुछारमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi