neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मोहमद सलाहलाई कोरोना संक्रमण पुष्टि

Nov 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ कात्तिक

इङ्गलिस फुटबल क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।इजिप्ट फुटबल एसोसियसनले शुक्रबार विज्ञप्ति जारी गर्दै सलाहलाई कोरोना संक्रमण पुष्टि भएको घोषणा गरेको छ।

विज्ञप्तिको अनुसार उनमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ अवस्था ठिक रहेको छ।

इजिप्ट फुटबल एसोसियसनको अनुसार सलाह बाहेक अन्य खेलाडीलाई भने कोरोना देखिएको छैन। सलाह अहिले राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi