neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नक्कली नोट छाप्दै गरेका तिन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

नक्कली नोट छाप्दै गरेका तिन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

Nov 13th, 2020

सिरहा, कात्र्तिक २८

सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तिन जनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षिय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षिय धिरज यादब र २० वर्षिय सन्जे राय छन् ।
केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारीएको हो । एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi