neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाद्वारा स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च

महालक्ष्मी नगरपालिकाद्वारा स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च

Nov 12th, 2020

सुभानु आचार्य
ललितपुर, २७ कात्तिक /रासस

महालक्ष्मी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च प्रदान गरेको छ । महालक्ष्मीले स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर वर्षको एक पटक चाडपर्वमा दिने भनिएको रकम बैंक खाता मार्फत प्रदान गरेको हो ।

महालक्ष्मीले प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना स्वास्थ्य स्वयंसेवीकालाई कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बैंक खाता मार्फत उक्त रकम निकासा गरिसकेको नगप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले आज एक सूचना जारी गर्दै नजिकै आइरहेको दीपावलीमा देउसी भैलो खेल्न र समूहमा जम्मा नहुन र आ–आफ्नो घरमा सङ्क्रमणबाट पूर्णरुपमा सुरक्षित भएर चाडपर्व मनाउन समेत नगरवासीलाई आग्रह पनि गर्नुभएको छ ।

सात हजार घर फिर्ता, १०७ को मृत्यु

ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या सात हजार ८२१ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय सात पुगेको छ ।

जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या दस हजार ३९१ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६३ पुगेको कार्यालय ललितपुरक प्रमुख डा। खगेश्वर गेलालले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi