neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

८० किलो गाँजा सहित कार बरामद

Nov 12th, 2020

मकवानपुर, २७ कात्तिक

हेटौंडा उपमहानगरपालिका-१० बाट ८० किलो अवैध लागूऔषध गाँजा सहित बा।६ च १४७६ नम्बरको कार बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भागेको कार खोजी गर्दा उक्त स्थानमा फेला पारी कारको लक खोली जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।

सडकमै कार छोडेर फरार भएका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi