neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश, तस्वीर पठाउने व्यक्ति पक्राउ

फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश, तस्वीर पठाउने व्यक्ति पक्राउ

Nov 12th, 2020

काठमाडौं, २७ कात्तिक

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका-४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय ९ईलेक्ट्रोनिक० कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२७ बाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi