neapl investment mega bank
  • गृहपृष्ठ
  • फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा चार जना पक्राउ

फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा चार जना पक्राउ

Nov 11th, 2020

काठमाडौं, कात्र्तिक २६

फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुबाकोट ककनी गाउँपालिका २ ठेगाना भएका ३३ वर्षीय बिन्तोष सिलवाल(सुनार), रामेछाप सुनापती गाउँपालिका ३ ठेगाना भएका ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे तिमाल गाउँपालिका ५ ठेगाना भएका ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका १३ ठेगाना भएका ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।

काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आपराधिक लाभ लिन नहुने कसुर मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।