neapl investment mega bank
  • गृहपृष्ठ
  • मदन भण्डारी राजमार्ग दुई वर्षभित्र कालोपत्रे हुन्छ–मन्त्री भट्टराई

मदन भण्डारी राजमार्ग दुई वर्षभित्र कालोपत्रे हुन्छ–मन्त्री भट्टराई

Nov 10th, 2020

फुङ्लिङ,२५ कात्तिक /रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताउनुभएको छ । जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअन्तर्गत आज मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो धारणा राख्नुभयो ।

उहाँले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताउनुभयो । मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने उहाँको भनाइ छ ।