आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक २५
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १२ लाख ६९ हजार नागेको छ ।
नेपाली समय मंगलबार २:०० बजे सम्म विश्वभरीमा ५ करोड १२ लाख ५९ हजार ७७१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख ६९ हजार ५७१ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ६० लाख ६६ हजार १२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ३९ लाख २४ हजार ७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९३ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड ४ लाख २२ हजार २६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ४४ हजार ४४९ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८५ लाख ९१ हजार ७३० जना सङ्क्रमित भएका छन् भने १ लाख २७ हजार १०४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५६ लाख ७५ हजार ७६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ६२ हजार ६३८ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर