neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्यो

Nov 9th, 2020

काठमाडौ, कात्र्तिक २४

नेप्से सुचक तथा कारोवार रकम दुबै बढेको छ । आज सोमबार नेप्से चार दसमलव २२ अंकले बढेर १६ सय ५२ दसमलव ८० अंकमा पुुग्दा सेन्सिटिभ भने शुन्य दसमलव छ अंकले घटेर तीन सय २५ दसमलव ३३ अंकमा पुगेको छ । आज एक सय ९५ कम्पनीहरुको ४१ हजार ४९ पटकको कारोवारमा एक करोड ३५ हजार तीन सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार सात सय २६ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ५२ अंकले घटेर १२ सय ८८ दसमलव ८५ अंकमा झर्दा बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । निर्र्जिवन बीमा समुहको सुचक भने ६५ दसमलव ८५ अंकले बढेर आठ हजार दुई सय ७५ दसमलव १३ अंकमा पुुगेकोमा लघुबित्त, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।