आधारभूमि संवाददाता
काठमाडौं, २४ कात्तिक
विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा एक करोड नाघेको छ ।
नेपाली समय सोमबार ३:३० बजे सम्म अमेरिकामा एक करोड २ लाख ८८ हजार ४८० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा सोमबारसम्म २ लाख ४३ हजार ७६८ व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ३५ लाख ६१ हजार २९२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये हालसम्म ६४ लाख ८३ हजार ४२० व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १८ हजार ४६२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ४३ हजार ७६८पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८५ लाख ५५ हजार १०९जना सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५६ लाख ६४ हजार ११५ जना सङ्क्रमित भएका छन् भने एक लाख ६२ हजार ३९७ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर