काठमाडौ, कात्र्तिक २४
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) आईतबार सम्झौता गरेको छ । बैंकका अनुसार उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेकाछन ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि.मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिसत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।