neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

Nov 9th, 2020

ललितपुर, कात्र्तिक २४

महालक्ष्मी नगरपालिका ४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका २ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका ३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका ४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका ३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi