neapl investment mega bank
  • गृहपृष्ठ
  • बिमा कम्पनीले दिने रकम १ लाखबाट २५ हजारमा झारेपनि प्रिमियम भने १ हजार नै लिए, बिमा समिति मौन

बिमा कम्पनीले दिने रकम १ लाखबाट २५ हजारमा झारेपनि प्रिमियम भने १ हजार नै लिए, बिमा समिति मौन

Nov 9th, 2020

आधारभूमि संवाददाता
काठमाडौं,कात्तिक २४

बिमा कम्पनीहरुले कोरोना बिमा गरेबापत दिने लाभ परिवर्तन गरेर १ लाख बाट २५ हजारमा झारेपनि बिमितबाट लिने रकम भने पुरानै राखेका छन् । एउटै बिमा पोलिसीबाट ग्राहकले फरक लाभ पाएपनि आफुहरुले भने ग्राहकबाट बिमाका क्रममा प्रतिब्यक्ति १ हजार नै असुल गरिरहेका छन् ।

बैशाखबाट सुरु भएको कोरोना बिमा अहिलेसम्म जम्मा १ लाख ५६ हजार पोलिसी बिक्रि भएका छन् जसबाट १७ लाख बिमित भएका छन् । यसबाट बिमा कम्पनीहरुले झन्डै १ अर्ब प्रिमियम संकलन गरेका छन् ।

बैशाख यता बिमा कम्पनीहरुले एउटै पोलिसिमा ग्राहकलाई दिने लाभ भने परिवर्तन गरेका छन् । तर उनिहरुबाट लिने रकम भने पुरानै तरिकाले अर्थात प्रतिब्यक्ति ६ सय रुपैयाँ लिइरहेका । जसमा सरकारले ३ सय रुपैयाँ तिरिदिन्छ ।

सुरुमा कोरोना बिमा लागू हुँदा बिमा कम्पनीहरुले कोरोना संक्रमितलाई १ लाख रुपैयाँ रकम दिने व्यवस्था थियो । तर भदौ २८ पछि भने बिमा समितिले २५ हजार मात्रै रकम पाउने र कोहि अस्पताल भर्ना भए उसको ७५ हजारसम्म उपचार खर्च ब्यहोर्ने व्यवस्था गरेको छ ।

ग्राहकलाई दिने लाभमा परिवर्तन भएपनि बिमा कम्पनीले ग्राहकबापत भने ६ सय रुपैया नै रकम पाइरहेका छन् । लाभ परिवर्तन गर्ने तर ग्राकहबाट लिने प्रिमियम रकम चाहि पुरानै राख्नु बिमाको सिद्धान्त बिपरित भएको बिज्ञ बताउँछन्।

कोरोना बिमा सुरु भएपछिका ५ महिना अर्थात भदौ सम्ममा १४ लाखले बिमा गरेकोमा यो डेढ महिनामा भने ३ लाख मात्रै थपिएका छन् । यसबाट पछिल्लो समय कोरोना बिमा गर्नेको संख्या पहिलाको तुलनामा केहि कमि आएको देखिन्छ । कम लाभ पाउने भएपछि यसमा ग्राहकको आकर्षण कम भएको हो ।

साथै बिमा कम्पनीले अहिले समयमै भुक्तान नगरेका कारण बिमा गरेपछि रकम पाइन्छ भन्नेमा अहिले ग्राहक समेत ढुक्क छैनन् । समितिले बेलाबेलामा ग्राहकले पाउने लाभ फेरिरहेको छ भने बिमा कम्पनीहरुले रकम दिन आनाकानी गरिरहेका छन् ।

सुरुमा नाफा कमाउने दाउमा कोरोना बिमा सुरु गरेका कम्पनीहरुले अहिले यो बिमाका कारण डुबिने हो कि भन्ने चिन्तामा छन् । किनकी कोरोना बिमा नै अन्तर्राष्ट्रिय मान्यता बिपरित रकम कमाउने लोभमा केहि बिमा कम्पनीका सिइओ उक्साहटमा बिमा समितिले यस खालको बिमा सुरु गरेको थियो । जसमा अहिले फसेको बिमा कम्पनीमा सिइओहरु स्वीकार्छन् ।

ग्राहकलाई दिने प्रतिफल घटाएपछि उनिहरुबाट लिने प्रिमियम पनि परिवर्तन गर्नुपर्छ । लाभ कम गरिदिने तर रकम पुरानै यथावत राखेर बिमा समिति अहिले पनि ग्राहकको भन्दा कम्पनीहरुकै स्वार्थपूर्ति गर्नमा लिप्त छ भन्ने पुष्टि गर्छ ।