neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गोल अन्तरले पराजित

रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गोल अन्तरले पराजित

Nov 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २४ कात्तिक

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गोलले पराजित भएको हो।

भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले ह्याट्रिक गरे । भ्यालेन्सिले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलमा पहिलो रियल म्याड्रिडलेनै लिएको थियो । खेलको २३ औं मिनेटमा करिम बेन्जिमाले मार्सेलोको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए। ४३ औं मिनेटमा रियलका राफायल भारानले आत्मघाती गोल गरेपछि भ्यालेन्सिया पहिलो हाफमा २-१ ले अघि बढ्यो ।

दोस्रो हाफको ५४ औं मिनेटमा कार्लोसले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ ले अघि बढाए। त्यसपछि खेलको ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे र भ्यालेन्सियालाई ४-१ को शानदार जित दिलाए ।

जितसँगै भ्यालेन्सियाले ९ खेलबाट ११ अंक जोडेको छ र नवौं स्थानमा छ । रियल म्याड्रिडको ८ खेलबाट १६ अंक छ र चौंथो स्थानमा छ । शीर्ष स्थानको रियल सोसिडाडको ९ खेलबाट २० अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi