neapl investment mega bank
  • गृहपृष्ठ
  • सम्पदा संरक्षण सम्वद्र्धनका लागि आवाज बुलन्द पार्ने अभियन्ता भण्डारीको निःशर्त रिहाईको माग

सम्पदा संरक्षण सम्वद्र्धनका लागि आवाज बुलन्द पार्ने अभियन्ता भण्डारीको निःशर्त रिहाईको माग

Nov 8th, 2020

काठमाडौ, कात्र्तिक २३

पशुपत क्षेत्रको सम्पदा संरक्षण सम्वद्र्धनका लागि आवाज बुलन्द पार्ने अभियन्ता केदारमान भण्डारीको निःशर्त रिहाईको माग गर्दै पशुपति विकास कोषलाई स्मरणपत्र बुझाइएको छ । आइतवार सभासद नरोत्तम बैद्य र धार्मिक संयुक्त सङ्घर्ष समितिका संयोजक रत्न कपाली श्रेष्ठको अगुवाईमा १८ वटा धार्मिक सङ्घ संस्थाको प्रतिनिधिहरुले स्मरणपत्र कोषका अधिकृत सीताराम विसेतलाई बुझाइएको हो ।

कोषले त्यस क्षेत्रमा गरिरहेको धर्मस्वमाथिको भ्रष्ट्राचार विरुद्धको आन्दोलनमा अग्रणी भुमिका निभाउँदै आएका अभियन्ता केदारमान भण्डारीमाथि साईवर क्राईमको झुठो आरोप लगाएर पक्रेर राखेको अवस्था कोरोना पुष्टी भएपछि हाल कीर्तिपुरस्थित आयुर्वेदीक अस्पताल उपचार भइरहेको छ ।

यस अघि धार्मिक संयुक्त संघर्ष समितिलगायत १५ भन्दा बढि धार्मिक सङ्घ संस्थाले उहाँमाथि साइवर क्राइमको झुटो आरोप लगाएकोे भन्दै अपिलपत्रमार्फत भत्र्सना गरेको थियो । उक्त अपिलमा पशुपति विकास कोषका कोषाध्यक्ष डा.मिलन थापाद्धारा गुहेस्वरीका पुजारीबाट सुनअपचलन गरेको भन्ने आरोपदेखि राष्ट्रदेव पशुपति क्षेत्रको संरचना अस्तव्यस्त बनाउने कार्यमा बोल्नुभएको विवादास्पद अभिव्यक्ति विरुद्ध भएको संर्घषमा नेतृत्व गर्नुभएकै कारण अभियन्ता भण्डारीमाथि साईवर क्राईमको आरोप लगाईएको उल्लेख गरिएको थियो । पशुपति क्षेत्रका परम्परागत ९ थरे नेवारका ११९ वटा घर गुरुयोजना कार्यान्वयनका नाउँमा भत्काउँदा देखिनै थालिएको आन्दोलनमा होस वा नाथको हिसाव किताव चुस्त दुरुस्त सार्वजनिक गनुपर्छ भन्नेसम्मको आन्दोलन गर्दा अभियन्ता भण्डारीको अगुवाई रहेकोले उहाँको सक्रियता निस्तेज गरी देवस्वमाथि रजाई गर्न कोषले झुठो आरोपमा फसाउने षडयन्त्र भएको अभियन्ताहरुको ठहर छ ।

त्यसैगरी राजराजेश्वरी घाटको बुद्ध मुर्ती, महास्नान घर पछाडिको लिच्छवीकालिन नारायण मुर्ति हराउँदादेखि कपाली समाधिस्थलको ७ रोपनी जमिन हस्तक्षेपगरी सुमार्गी भवन मार्फत व्यपार गर्दासम्म उहाँको सकृय अगुवाई रहेको थियो । , पशुपत क्षेत्रको स्वमित्वमा रहेको वालुवामाथि गिद्दे दृष्टि लगाउँदा देखि तिलगंगास्थित धर्मशालालाई तारे होटल बनाउँदासम्म अभियन्ता केदारमान भण्डारीको अगुवाईमा प्रतिवाद आन्दोलन हुँदै आईरहेको छ । भण्डारी समाजका अध्यक्ष र नाथका चार भण्डारी मध्ये एक भएको नाताले नाथको आम्दानीलाई कोषका कर्मचारीलाई तलव भत्ता खुवाउने कार्यमा अपचलन गर्न नहुने वरु दिन दुःखि असहायको सेवा, सार्वजनिक स्कुल क्याम्पस वा निशुल्क अस्पतालहरु हुनुपर्ने मागसहित अभियान चलाउँदै आईरहनुभएका भण्डरीमाथि भएको साईवर क्राईमको झुठो आरोप तुरन्त फिर्ता लिई निःशर्त सम्मानजनक रिहाई गर्न र उहाँको अगुवाईमा हुदै आईरहेको आन्दोलनलाई सम्बोधन गर्न समेत अपिलपत्रमार्फत माग गरिएको छ ।

स्थानीय जनप्रतिनिधि, धार्मिक सामाजिक संस्थाको ऐक्यवद्धता भएको सो अपिलमा कोरोनाको कारण ७ महिनादेखि बन्द रहेको राष्ट्रदेव पशुपतिनाथको दर्शन गर्न दुरी कायम गरी भक्तजनहरुलाई दिईनुपर्ने, पशुपतिनाथ क्षेत्रको संचालन देवस्व, धर्मस्वको जिम्मा लिएका जात्रा पर्वका अगुवा ९ थरे नेवार जातको संरक्षण र वृत्ति विकासको जिम्मा सरकारले लिनुपर्ने सहितको माग गर्दै अभियन्ताहरु एकजुट भइरहेका छन् ।