neapl investment mega bank

पहिलो दिन नै १२ अंकले बढ्यो नेप्से

Nov 8th, 2020

काठमाडौ, कात्र्तिक २३

नेप्से १२ अंकले बढेको छ । आज आईतबार नेप्से १२ दसमलव ४९ अंकले बढेर १६ सय ४८ दसमलव ५८ अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ५७ अंकले बढेर तीन सय २५ दसमलव ९४ अंकमा चढेको छ । एक सय ९८ वटा कम्पनीहरुको ४१ हजार सात सय ६७ पटकको कारोवारमा एक करोड आठ लाख ६३ हजार चार सय ५६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार दुई सय ६१ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र बिकास बैंक समुहको सुचक घटेर बाँकी समुहको १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये जलबिद्युुत समुहको सुचक ३० दसमलव ५९ अंकले बढेर १४ सय ६३ दसमलव दुुई अंकमा चढेकोमा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।