neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २८१७ जनामा कोरोना सङ्क्रमण , २८१२ डिस्चार्ज ,२१ को मृत्यु

थप २८१७ जनामा कोरोना सङ्क्रमण , २८१२ डिस्चार्ज ,२१ को मृत्यु

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

आइतबार थप २८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ३११ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ३११ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १ हजार १४९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ छ। हालसम्म १५ लाख ४०mहजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २८१२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २८१२ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १०८ पुगेको छ। आइतबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।