काठमाडौ, कात्र्तिक २३
नेपाली सेनाले दक्षिण सुडानमा तैनाथ तारादल गण (शान्ती सेना) छैठौं डफ्फाको अदली बदली गरेको छ । सेनाले बिज्ञप्ती जारी गर्दे शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ तारादल गण (शान्ती सेना) छैठौं डफ्फालाई बदली गर्नको लागि आज कात्र्तिक २३ गते आईतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा गोरख बहादुर गण (शान्ती सेना) सातौं डफ्फाको दुुई सय १३ जना जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।
कोभिड १९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ । सोही क्रममा दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा दुुई सय ११ जना शान्ति सैनिकहरु यही कात्र्तिक २४ गते सोमबार बिहान नेपाल आईपुग्ने योजना रहेको समेत सेनाले जानकारी दिएको छ ।

