neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा, फेलिक्सले गरे दुई गोल

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा, फेलिक्सले गरे दुई गोल

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले काडिजलाई ४-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन जोआ फेलिक्सले दुई गोल , मार्कोस लोरेन्टे र लुइस सुआरेजले एक- एक गोल गरे ।एट्लेटिकोले दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।२२ औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अघि बढाए।

दोस्रो हाफको ५१ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। त्यसपछि जोआ फेलिक्सले खेलको ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै एट्लेटिको मड्रिडले ७ खेलबाट १७ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित काडिजको १४ अंक छ रछैटौं स्थानमा रहेको छ । दोस्रो स्थानको रियल सोसिडाडको ८ खेलबाट १७ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको ७ खेलबाट १६ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi