neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिग वान फुटबलमा पीएसजीको सहज जित , डी मारियाले गरे दुई गोल

लिग वान फुटबलमा पीएसजीको सहज जित , डी मारियाले गरे दुई गोल

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल र मोइज किनले एक गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ११ औं मिनेटमा मोइज किनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २१ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

जितसँगै पीएसजीले १० खेलबाट २४ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित रेनसको १० खेलबाट १८ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi