neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको जित

बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको जित

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले डर्टमण्डलाई उसकै मैदानमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन डेभिड अलाबा,रबर्ट लेवन्डोव्स्की र लोरी सानेले एक-एक गोल गरे । डर्टमण्डको मार्को रियस र अर्लिंग ब्राउट हल्यान्डले एक एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता डर्टमण्डलेनै लिएको थियोे ।खेलको ४५ औं मिनेटमा डर्टमण्डका मार्को रियसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिकेन ।पहिलो हाफको इन्जुरी समयमा डेभिड अलाबाले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा फर्काए।

दोस्रो हाफको ४८ औं मिनेटमा रबर्ट लेवन्डोव्स्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।८० औं मिनेटमा लोरी सानेले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

त्यसपछि ८३ औं मिनेटमा डर्टमण्डका अर्लिंग ब्राउट हल्यान्डले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि बाकि समयमा कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।

जितसँगै बायर्नले ७ खेलबाट १८ अंक जोडेको छ र शीर्ष स्थानमा छ।पराजित डर्टमण्डको ७ खेलबाट १५ अंक छ र तेस्रो स्थानमा छ ।दोस्रो स्थानको आर बि लेपजिगको १६ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi