आधारभूमि संवाददाता
काठमाडौँ, २२ कात्तिक
शनिबार काठमाडौंमा उपत्यकामा थप १ हजार ५१२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ५१२ जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ६२५ जना महिला तथा ८८७ जना पुरुष रहेका छन् ।यसअघि शुक्रबार उपत्यकामा १ हजार ३३८ सङ्क्रमित थपिएका थिए।
नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ। शनिबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।